प्रतिनिधिसभाका नवनियुक्त सचिव राईले लिए सपथ

२०८१ पुस १७ गते बुधबार
सारांश
  • मंगलबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक कक्षमा सभामुख देवराज घिमिरेसमक्ष सचिव राईले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

काठमाडौँ सङ्घीय संसद् प्रतिनिधिसभाका नवनियुक्त सचिव हर्कराज राईले पद तथा गोपनियताको सपथ लिएका छन् । 


मंगलबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक कक्षमा सभामुख देवराज घिमिरेसमक्ष सचिव राईले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।


सपथ ग्रहण कार्यक्रममा उपसभामुख इन्दिरा राना, सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय लगायतको उपस्थिति थियो ।


सभामुखको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार झापाको शिवसताक्षी नगरपालिका–२ निवासी राईलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार